बिहिबार, बैशाख १३, २०८१

सर्वोच्च नेता स्व सिंहको जन्मजयन्तीको अवसरमा दिप प्रज्वलन

विष्णु विष्ट/ काठमाडौं कार्तिक २४ , काठमाडौं काङ्ग्रेस क्षत्र न.८ को आयोजनामा आज लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानको स्मरण सहित स्थानस्य कामपा वडा न.२०स्थित गगुटीमा दिप प्रज्वलन कार्यक्रमको आउाजना गरिएको छ ।

 दिप प्रज्वलन पूर्व नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्व सिंहको तस्वीरमा क्षेत्र न न. ८का सभापति राजेश श्रेष्ठ, प्रदेश क र ख का   सभापतिद्दय राज्यलक्ष्मी श्रेष्ठ देवरत्न डगोल , काठमाडौं काँगेस जिल्ला समितिका पदाधिकारी , स्थानीय कामपा वडा न. १९ र २० अध्यक्षद्दय शशिलाल श्रेष्ठ , राजेन्द्र मानन्धर , वडा इकाइ समितिका सभापतिहरु,भातृसंगठनका पदाधिकारी लगायत स्थानीय नेता तथा कार्यकर्ताले  माल्यार्पण गर्दै सर्वोच्च नेता एवम लौहपुरुष सिंहको स्मरण गर्नु भएको थियो ।

राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा समेत प्रभावशाली नेताका रुपमा स्थापित स्व सिंहको त्याग र निष्ठा आफैम महत्वपूर्ण रहेको छ । यसअर्थमा पनि उहाँको आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्नेमा स्थानीय नेताहरुको जोड रहेको थियो । सर्वोच्च नेता सिंहको जन्म १९७१ कात्तिक २४ गते काठमाडौँको चाक्सीबारीमा भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।