शुक्रबार, चैत्र १६, २०८०

सभापति देउवालाइ प्राडा श्रेष्ठले भने- प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ

काठमाडौ मंसिर ११,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठसँग मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराउँनु भएका प्रधानमन्त्री केपी आलीको स्वास्थ्यबारे जानकारी लिनु भएको छ ।

त्यस क्रममा सभापति देउवालाइ डा श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आउँने क्रममा रहेको जानकारी दिदै प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रिया गरिएको र हाल प्रधानमन्त्रीको चिकित्सकको पत्यक्ष निगरानीमा थप उपचार भइरहेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।