शुक्रबार, बैशाख १४, २०८१

सत्य निरूपण तथा मेलमिलाप आयोगले पाउँने भो पदाधिकारी

काठमाडौ कार्तिक ३०,  सत्तारुढदल र प्रतिपक्षीदलवीच विगत लामोसमय यतादेखि रिक्त रहेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेशदत्त भट्टलाई नियुक्त गर्ने सवालमा सहमति बनेको छ ।  प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार नियुक्तिका लागि सिफारिस समितिमा भट्टको नाम पठाउने सहमति भइ जानकारी प्राप्त भएको समिति सम्वद्ध स्रोतले जनाएको छ।

यसअघि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनअनुसार अनुसार आयोगको प्रमुख नियसक्तका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित समितिले योग्यता पुगेका व्यक्तिहरूलाई उम्मेदवारी दिन गरेको खुला आह्वानको क्रममा ५७ जना उम्मेदवारले आवेदन दिएपनि दलीय सहमति बन्न नसकेका कारण आयोगले पदाधिकारी पाउँन नसक्दा आयोग अनिर्णयको बन्धक बन्दै आइरहेको थियो ।

त्यस्तै आयोग पदाधिकारीका सवालमा दलीृ सहमति कायम भएसंगे आइतबार सिफारिस समितिको बैठक बस्दै बाँकी कार्य सम्पादन गर्ने तयारी गरेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।