बिहिबार, बैशाख १३, २०८१

विमा र क्षतिपूर्ति प्रकरण: विपक्षी वकिल प्रधानले दिए पिडितलाइ मुद्दा फिर्ता लिन धम्की

न्यायालयमा विचाराधीन मुद्दाको सम्बन्धमा अनुचित दबाब दिइ न्यायिक प्रक्रियाकै दुरुपयोग गर्ने प्रयास गरेको बताउनुको अलावा  पीडितमध्येका सातजना यात्रीहरुको परिवारका तर्फबाट विदुरमान श्रेष्ठले ‘विपक्षी वकिल देवेन्द्र प्रधानलाई आउने मुद्दा फैसलाकाबारेमा कसरी थाहा भयो ? ’ भन्ने प्रश्न

अनुप प्रधान /काठमाडौ  कार्तिक  २६ , २०७४ साल फागुन २८ गते काठमाडौंमा भएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी स्व। एन्जिला श्रेष्ठका बुवा बिदुरमानले भाव विह्वल मुद्रामा ‘दुर्घटनामा हामीले आफ्ना छोराछोरीहरु गुमाएको पिडा संगै जहाज कम्पनीका काठमाडौंस्थित वकिलले  दिएको  धम्कीको पिडा सहनै  नसकि  मिडिया मार्फत  आफ्ना पिडा  र व्यथा   सार्वजनिक गर्न बाध्य भएको   बताएका छन ।

प्रसंग हो,२०१८ मार्च २२ तारिखका दिन ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा सो जहाजमा सवार ५१ जनाको निधन भएको थियो । मृतक मध्ये २२ जना नेपाली थिए । मृतकका अन्य आफन्तलाई जहाज कम्पनीले केही पैसा दिएर थामथुम पारेपनि सात जना पीडितका आफन्त मध्ये एन्जिला श्रेष्ठ सहित मृत्यु भएका ७ जना नेपाली विधार्थीका वाुआमाले भने अन्तर्राष्ट्रिय कानुन अनुसारको एक्चुरियल भ्यालुएशन अनुसारको क्षतिपूर्ति पाउनुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो   ।

तर पिडितको तर्फबाट दिईएको  जानकारी अनुसार प्रस्त्तुत मुद्धामा वायुयान कम्पनीका नेपाल स्थित प्रतिनिधी प्रधान एण्ड एशोसुयट्स प्रालिकाका मेनेजिङ्ग पार्टनर रहेका अधिवक्ता देवेन्द्र प्रधानले बदनियत चरित्र र कालाकर्तुत सहित पिडितको भावना माथिनै प्रहार गर्दै न्यायालयमा विचाराधिन रहेको मुदामा एकतर्फी रुपमा आर्थिक चलखेल गर्दै न्यायालयबाट हुने आदेशमा समेत धावा वोल्दै युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जना विद्यार्थीका आफन्तलाई हवाई जहाज कम्पनीले वकिल लगाएर मुद्दा हराईदिने चेतावनी दिँदै मुद्दा फिर्ता लिन दिएको धम्की अहिले सर्वत्र चर्चाको विषय भएको छ ।

न्यायलयलाइ समेत प्रभावमा पार्दे अधिवक्ता प्रधानले अनेकन हर्करत प्रस्तुत गर्दै प्रदर्शन गर्दै आइरहेकोनिच व्यवाहर  प्रति आक्रोशित पिडितले  न्यायको लडाईमा आफुहरु कसैसंग नझुक्ने  जनाउ दिदै न्याय पाउने कुराको सुनिश्चित गर्न सर्वोच्च अदालत तथा नेपाल सरकारको समेत ध्यानाकर्षण  गराएका छन  ।

यसरी एकातर्फ पीडितले न्याय पाउनुको सट्टा उल्टै धम्कीको सामना गर्नु परेपछि गत कार्तिक २० गतेका लागि तोकिएको पेशी स्थगित गरेर घटना सार्वजनिक गर्ने आफुहरु बाध्य भएको पत्रकार सम्मेलनमा पिडितले जानकारी दिएका छन ।  युएस बंगला एयरलाइन्सले नियुक्त गरेको आधिकारिक कानुन व्यवसायी प्रधान एण्ड एशोसिएट्सका प्रबन्ध निर्देशकअधिवक्ता देवेन्द्र प्रधानले पीडितहरुलाई पत्र लेखेरै काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दा समेत खारेज गरिदिने  धम्की दिदै  जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारलाई बीमा रकम र क्षतिपूर्ति रकम नदिन अनेकन प्रयत्न गरिरहेको जानकारी दिदै जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जना पीडितहरुलाई कूल दुई अर्ब १० करोडभन्दा बढि क्षतिपूर्ति तिर्नुपर्ने एक्चुरियल भ्यालुएशनले सिफारिस गरेपनि  अन्तर्राष्ट्रिय महासन्धी अनुसार क्षतिपूर्ति दिनुपर्नेमा जम्मा २० हजार डलर मात्रै क्षतिपूर्ति दिएको छ ।

त्यस्तै  अन्तर्राष्ट्रिय प्रचलन दुर्घटनाका पीडितलाई दिइने क्षतिपूर्तिको सम्बन्धमा निकै गम्भिर बन्नुपर्ने आईकाओको नियम समेतको वर्खिलाप हुँदै गरेको गम्भीर हर्कत न्यायिक मर्यादा विपरित रहेको बताउँदै दुर्घटनामा परेको युएस बंगला एअरलाइन्सका दिवंगत यात्रीका परिवारले क्षतिपूर्ति रकम प्रभावित गर्ने प्रयास गरिएको आरोप सहित प्रधानले पत्र लेखी न्यायालयमा विचाराधीन मुद्दाको सम्बन्धमा अनुचित दबाब दिइ न्यायिक प्रक्रियाकै दुरुपयोग गर्ने प्रयास गरेको बताउनुको अलावा  पीडितमध्येका सातजना यात्रीहरुको परिवारका तर्फबाट विदुरमान श्रेष्ठले ‘विपक्षी वकिल देवेन्द्र प्रधानलाई आउने मुद्दा फैसलाकाबारेमा कसरी थाहा भयो ? ’ भन्ने प्रश्न समेत गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।