शुक्रबार, बैशाख १४, २०८१

वलात्कारका आरोपी महरा उपरको करणी मुद्दामाथि आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं कार्तिक १७,  संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको करणी उद्योगको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।

यसअघि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा शुक्रबार करीब ७ घण्टा बयान लिएसंगै आज उक्त मुद्धामाथि थुनछेक बहस हुन लागेका अदालतका सम्वद्ध अधिकारीले जनाएको छ ।

पूर्व सभामसख महरा माथि प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार जबर्जस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।