मङ्लबार, बैशाख ११, २०८१

वडासचिव बास्कोटा २५ हजार घुस रकम सहित पक्राउ

काठमाडौ मंसिर १२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ का वडासचिव दिनेश बास्कोटालाइ २५ हजार रुपैयाँ घुसरकम सहित पक्राउ परेका छन् ।

घरजग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका क्रममा वडासचिव बास्कोटाले सेवाग्राहीसंग २५ हजार घुस लिसंगै लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका बास्कोटामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।

यसैवीच आयोगले आजै यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत रु ३ हजार  घुस लिएको अभियोगमा पक्राउ गरेका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई सहित रिकन्डिसन हाउसका प्रतिनिधि किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी विरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।