बिहिबार, बैशाख १३, २०८१

ललितपुरमा मल्लकालीन कार्तिक नाच शुरु

-अनुप प्रधान- / ललितपुर कार्तिक १६ ,  ललिपुरमा तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आइरहेको मानिने मौलिक एवमेसवैभन्दा पुरानो साँस्कृतिक कात्तिक नाच आजबाट सुरु भएको छ ।

ललितपुर दरबार स्क्वायरस्थित कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहाँसिक कात्तिक नाच विगतमा २७ दिनसम्म देखाइने भए पनि हाल आएर नाचको लागि आवश्यक खर्चको व्यवस्थापन गर्न नसकेको भन्दै कात्तिक नाच संरक्षण समितिले १२ दिनमै नाचलाइ सिमित गर्न बाध्य भएको कार्तिक नाच व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार नाचको पहिलो दिन सुदामा लीला ,दोस्रो दिन बास्थ प्याँख देखाइने जानकारी दिदै प्रत्येक दिन साँझ कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला प्रस्तुत गरिने नाच फरकफरक किसिमको हुने जनाएको छ ।

त्यस्तै सांस्कृतिको दृष्टिकोणबाट पनि महत्वपूण मानिएको प्रस्तुत कात्तिक नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काउँनुको अलावा तत्कालीन मल्ल राजाहरु क्रमस सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल र योगनरेन्द्र मल्लका शासनकाललाई पनि सम्झना गराउँने गरेको स्थानीयको कथन रहेको नाच व्यवस्थापन समितले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।