शुक्रबार, चैत्र १६, २०८०

रौतहटका बम काण्डका आरोपि निलम्बित सासंद आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रौतहट कार्तिक २९, जिल्ला अदालत रौतहटले रौतहटका बम काण्डका आरोपित तथा निलम्बित काँग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएसंगै थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

२०६४ चैत २७ गते रौतहटको राजपुर कुरिया, फरहदवास्थित चुनावको समय घरमा बनाउँदै गरेका बम विष्फोट पछि बम पड्किँदा बमबाट घाइते भएका १ दर्जन बढी व्यक्तिलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्रापरेका सांसद आलम लाइ गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

वादी र प्रतिवादीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासमा यस्तो आदेश दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।