मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रपतिद्वारा प्रमको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौ मंसिर १२,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केर्पी ओलीको स्वास्थ्यावस्थाबारे आज साँझ जानकारी लिनुभएको छ ।

गत मंसिर मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया पछि थप उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर रहनु भएका प्रम ओलीको अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे राष्ट्रपति भण्डारीले जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्दारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

त्यसअवसरमा उहाँले प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुभएको हो । राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुशी व्यक्त गर्दै उहाँको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।