शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिको पद र प्रतिष्ठाको ख्याल राख्दै क्रियाशील हुन आवश्यक

काठमाडौं मंसिर ५, राष्ट्रपति विद्या भण्डारी नेकपाका दुई अध्यक्षबीचको सहमतिमा साक्षी बसेको र मन्त्रीपरिषद पूर्नगठनका क्रममा हस्तक्षेप गरेको भन्दै विवादमा तानिएकी छन् ।

नेपालको संविधानअनुसार राष्ट्रपतिको पद संवैधानिक हो, कार्यकारी प्रमुख प्रधानमन्त्री हुन्छ । नेपालको संविधानको भाग ६ को धारा ६६ मा उल्लेख राष्ट्रपतिको काम, कर्तव्य र अधिकार विपरित प्रम केपी ओलीले आफु नेतृत्वको मौजुदा मन्त्रीपरिषदमा गर्नु भएको हेरफेरको क्रममा राष्ट्रपति भण्डारीले पार्टीका नेकपाका दुई अध्यक्षबीचको सहमतिमा साक्षी बस्दै मन्त्रीपरिषद पूर्नगठनका क्रममा हस्तक्षेपकारी भूमिका निर्वाह गरेकोमा सत्तारुढदल नेकपाका नेता भीम रावलले यसअघिनै टिप्पणी गरिसकेको छन ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले पद प्रतिष्ठाको गरिमामानै विवाद सिर्जना गरेको तर्क विश्लेषकले गरेका छन् ।साथै कतिपयले पार्टीको दुईतिहाई बहुमत भएका बेलामा सोहि पार्टीबाट राष्ट्रपतिमा निर्वाचित व्याक्तिबाट सरकारले जस्तै संविधान विपरित काम हुनु स्वभाविक भएको टिप्पणी समेत गरेका छन ।

यद्यपी नेपालको संविधानले मुलुकको अभिभावकको दर्जानी दिएको राष्ट्रपति पदको गरिमामा आँच आउँने काम किमार्थ न्यायसंगत मान्न सकिन्न । त्यसअर्थम पनि राष्ट्रपतिको पद र प्रतिष्ठाको ख्याल राख्दै क्रियाशील हुन आवश्यक रहेको जनजनको बुझाइलाइ नजरअन्दाज गरिनु हुन्न भन्ने हाम्रो बुझाइ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।