शनिबार, बैशाख ८, २०८१

नि.से.का. कर्मचारीको उमेर हद ६० वर्ष बनाउने सहमति

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक :

काठमाडौ कार्तिक २८,  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा लामो बहस पैरवी पछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्ने समितिमा सहमति जुटेको छ ।

समितिका सभापति सभापति शशी श्रेष्ठले हध्यक्षतमा बसेको आजको बैठकमा अन्तर्राष्ट्रिय अभ्यासको आधारमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा समितिका सदस्यहरुवीच बैठकमा सहमति जुटेसंगै अव कर्मचारीको उमेरहड ६० वर्षको हुनेछ । यसअघि कर्मचारीके उमेरहद ५८ वर्ष रहेको थियो ।

त्यस्तै बैठकमा प्रस्तुत पारित मस्यैेदामा विसं २०१८ मा जन्मेका कर्मचारी ५८ वर्ष छ महिना उमेर पुगेपछि, विसं २०१९ मा जन्मेका ५९ वर्ष पुगेपछि, विसं २०२० मा जन्मेका कर्मचारी ५९ वर्ष छ महिना र विसं २०२१ मा जन्मेका कर्मचारीले ६० वर्ष उमेर पुगेपछि अवकाश पाउने प्रतिबन्धात्मक व्यवस्था गरिएको छ ।

त्यस्तै समितिले निजामती कर्मचारीको कार्यक्षमता मूल्याङ्कन गर्दा कार्यसम्पादन मूल्याङ्कनबापत विद्यमान व्यवस्थामा ४० अङ्कभार दिइँदै आएकोमा प्रस्तुत ऐन कार्यान्वयनमा आएससंगै सोबापत ६० अङ् र भौगोलिक क्षेत्रमा काम गरेबापत १४, ज्येष्ठताबापत २० र शैक्षिक योग्यता गरी कूल १०० पूर्णाङ्क दिइने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।