बुधबार, बैशाख १२, २०८१

यी हुन मन्त्रीपरिषदका २२ बुँदे निर्णय

काठमाडौं मंसिर ५, मन्त्रिपरिषद्को गत कात्तिक २९ र मङ्सिर ३ गते बसेको बैठकबाट भएको २२ बुँदे निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बैठकबाट जबर्जस्ती करणी मुद्दाका चार पीडितलाई राज्यले अभिभावकत्व ग्रहण गर्दै संविधानप्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि तिनलाई जनही रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले नेपालका दुवै छिमेकी मुलुक भारत र चीनसँगको सीमा निरीक्षणका लागि छुट्टाछुट्टै समिति गठन गरिएको जानकारी दिनु भएको छ ।  साथै कलङ्की–थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको सडकमा सडकको केन्द्ररेखादेखि आठ/आठ मिटर बाहिरका सुरुङमार्गको फ्लाइओभरका लागि आवश्यक पर्ने ११ दशमलव आठ रोपनी जग्गा र ४७ घरटहरा अधिग्रहण गर्न स्वीकृति संर्ग प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथी र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथी दर्जामा पदोन्नति गरिएको छ ।

नेपाली सेनामा कार्यरत ६१ जना रथीबृन्द तथा अधिकृतको सरुवा गरिएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायसँगको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको बताउँनु भएको छ । साथै सरकारले जर्मनीको ह्यानोभरमा हुने चारदिने डोमोटेक्स मेलामा नेपाली गलैँचाको सहभागिताका लागि रु ४० लाख अनुदान नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ ।

 यस्तो छ मप बैठकका निर्णय :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।