बिहिबार, बैशाख १३, २०८१

यी हुन अवका सत्तारुढदलको तावेदारी गर्ने नयाँ प्रदेश प्रमुख

राष्टपति  र सरकारको कदमको सर्वत्र आलोचना

काठमाडौ कार्तिक १८ , सत्तारुढदल नेकपाले नेतृत्वको सरकारको आइतवार बसेको मन्त्रीपरिषदको बैठकले तत्कालीन काँग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका भन्दै सातैवटै प्रदेशका प्रदेश प्रमुखलाइ पदमुक्त गर्न राष्टपति समक्ष सिफारीस गरेलगत्तै राष्टपति बाट समेत सरकारको माग वमोजिम प्रदेश प्रमुखलाइ विना कारण पदमुक्त गरसंगै राष्टपतिको प्रस्तुत निर्णय र सरकारको कदमको सर्वत्र आलोचनाको विषय बनेको छ।
तथापी नेकपा नृतृत्वको सरकारले प्रदेश प्रमुख पदमुक्त भएलगत्तै पार्टीको बैठक बस्दै सत्तारुढदलको तावेदारी गर्ने नयाँ प्रदेश प्रमुख नियुक्तिको लागि खाकातय गर्ने व्यक्ति समेतको टुंगो लगाएको छ ।

सम्वद्ध स्रोतका अनुसार नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि  टुंगो लगाएको नाममा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा)  गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाई (झापा) रहेको थाहाभएको छ । तथापी यीमध्ये कसलाइ कुन प्रदेशको प्रमसखको जिम्मेवारी दिने भन्ने सवालमा भने सूचना सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढदलको सचिवालय बैठकले टुंगो लगाएको नामावली मन्त्रिपरिषद बैठकबाट अनुमोदन गर्दै जिम्मेवारी दिन मन्त्रिपरिषदले निर्णय राष्ट्रपतिसमक्ष सिफारिश गर्ने तयारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।