मङ्लबार, चैत्र ६, २०८०

यातायातका तत्कालिन प्रमुख पोखरेल सहित ३८ कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौ मंसिर ८, अख्यितार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका तत्कालिन तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेल सहित ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा आज जारी विज्ञप्तिमा  पोखरेलले कार्यालय प्रमुख रहँदा २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनाको नतिजा गैरकानुनी रुपले फेरबदल गर्दै फेलबाट पास बनाई सवारी चालक अनुमतिपत्र जारी गर्दै ८ लाख ५९ हजार ५ सय ५० रुपैयाँ राजश्व हिनामिना गरेको उल्लेख गरिएको छ ।

त्यस्ते विज्ञप्तिमा प्रयोगात्मक परीक्षा   समितिको रिजल्टमा फेल भएका  व्यक्तिको नाममा समेत  सवारी चालक अनुमतिपत्र  जारी गर्न सिफारिस तथा जारी गरेको र जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व रकम समेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोको दोब्बर जरिवाना गरी सोही ऐनको दफा १३ बमोजिमसमेत सजाय हुन मागदाबी सहित मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।

आज मुद्धा दायर गरिएकाअरुमा अवकाश पाईसकेका इञ्जिनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, अवकासप्राप्त शाखा अधिकृत राममणी पोखरेल, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी र शम्भुप्रसाद थपलिया, हाल उपसचिव रहेका धर्मराज ढुङ्गाना र बाबुलाल रेग्मी सहित विभिन्न तह र तप्काका ३८ २९ जना र्मचारी रहेको उल्लेख गरिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।