बुधबार, बैशाख १२, २०८१

म.प .बैठक : मेडिकल काउन्सिलका अध्यक्षमा डा.कोइराला  

काठमाडौं कार्तिक १७ , आज बसेको मन्त्रीपरिषदको बैठकले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक समेत रहेका प्रा.डा कोइरालालाइ काउन्सिलका अध्यक्ष प्रा.डा धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसंगै रिक्त रहेको अध्यष पदमा मप बैठकले नियुक्त गरेको हो ।
त्यस्तै बैडकले प्रा डा बाँस्कोटालाइ त्रिविको उपकुलपतिमा नियुक्त गरिएको बताईएको छ । साथै आज बसेको मन्त्रीपरिषदको बैठकको सिफारीसमा आजै सातै प्रदेशका प्रदेश प्रमुख समेतलाइ पद मसक्त गरिएको   राष्ट्रपतिको कार्यालयले जनाउँदै विज्ञप्ति समेत जारी भइसकेको छ । म.प.का थप निर्णय आगामी विहिवार  सार्वजनिक गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।