बिहिबार, बैशाख १३, २०८१

माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रमको लागि बाध्य हुने व्यवसायीको चेतावनी

काठमाडौ मंसिर १०, नेपाल निर्माण व्यवसायी महासङ्घले आज दोस्रो दिन पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि शान्तिपूर्ण धर्नालाइ निरन्तरता दिएको छ । म्याद थप, बैंक क्रेडिट लाइनलगायत मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भन्दै सोमवारबाट व्यवसायी आन्दोलित भएकोहो ।

त्यस्तै धर्नाको क्रममा आन्दोलित व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

त्यस्तै आफनो मागप्रति सरकारले सम्बोधन नगरे आन्दोलनका थप कार्यक्रम अन्तर्गत महासङ्घले माइतीघर मण्डलालगायतका सडकमा कालो झण्डासहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्गअनुसार चरणबद्ध रूपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्टसहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरु पूर्णरूपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने तयारी रहेको समेत जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।