शुक्रबार, चैत्र १६, २०८०

महासंघद्दारा दण्डहीनता अन्त्यको माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौं मंसिर ८,  नेपाल पत्रकार महासंघले पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज राजधानीको वानेश्वरमा प्रदर्शन सहित कोणसभाको आयोजना गरेको छ । कोणसालाइ सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले आस्था विचारको आधारमा समाचार लेखेकै कारण पत्रकारलाइ प्रताडित बनाउँने दोषीलाइ कारबाही पर्नुको सट्टा राजनैतिक संरक्षण सहित पुरस्कृत गर्ने प्रवृति दण्डहिनताको पराकाष्ठा भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले आस्था र विचारकै आधारमा हत्या भएका तथा बेपत्ता पारिएका पत्रकारहरुले न्याय पनि नपाएमा चिन्ता व्यक्त गर्दै  पछिल्लो समय यो वा त्यो वहानामा पत्रकारमाथि हुँदै आएको भौतिक आक्रमणका घटनामा सुरक्षा निकाय समेत मुकदर्शक बन्ने प्रवृति मौलाएका कारण दण्डहिनताले थप प्रशय पाउँदै गएको उहाँको जिकिर रहेको थियो ।

त्यस्तै राज्यको तर्फबाट समेत पत्रकारहरुलाई धरपकड गर्दै आंतकित बनाउँने जस्ता निन्दनीय कार्य आफैमा चिन्ताको विषय भएको बताउँदै दण्डहीनता’ ले प्रेस स्वतन्त्रता मर्म माथिनै प्रहार गर्दै आएको बताउँनु भएको छ । साथै उहाँले राज्यका यस्तो रवैयाका कारण अन्यथा लोकतन्त्रको मूल्य र मान्यता खतरामा पर्दै आएको जनाउ दिदै  प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी दण्डहीनता अन्त्य गर्नु पर्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।