बिहिबार, चैत्र १५, २०८०

महासंघको तर्फबाट मिडिया काउन्सिल विधेयकमा संशोधनका लागि ११ बुँदे सुझाव

काठमाडौं मंसिर ४  ,राष्ट्रियसभाको विधायन समितिद्वारा गठित उपसमिति र नेपाल पत्रकार महासङ्घबीच संशोधनका लागि प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ का दफामा आज छलफल भएको छ । छलफलको क्रममा महासङ्घका तर्फबाट नेपाल मिडिया काउन्सिल विधेयक संशोधनका लागि ११ बुँदे सुझाव प्रस्तुत गर्दै महासङ्घका अध्यक्ष गोविन्द आचार्यले काउन्सिललाई बौद्धिक वर्गको प्रतितिधित्व हुनेगरी निर्माण गरिनुपर्ने सुझाव दिनुभएको छ ।

महासंघको सुझाव पछि उप–समितिका सदस्य तथा सांसद ठगेन्द्र प्रकाश पुरीले महासंघको सुझावलाई गम्भीरताका साथ लिने भन्दै संशोधन बुँदा पास नहुञ्जेलसम्म सरोकारवालाको सुझाव संकलन गर्ने बताउनु भएको छ । त्यस्तै सांसद हरिचरण शिवाकोटी , सांसद बृषेश चन्द लालले कुनै पनि विधेयक पारित गर्नुअघि सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै ल्याउनुपर्ने भन्दै संशोधनमा रहेको विधेयक सम्पूर्ण प्रेसजगत्को हितमा हुनेगरी उपसमिति प्रयासरत रहेको बताउनुभएको छलफलमा महासङ्घका निवर्तमान उपाध्यक्ष अनिता विन्दु केन्द्रीय सदस्य जन्मदेव जैसी लगायतले थप सुझाव दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।