बिहिबार, बैशाख १३, २०८१

मन्त्रिमण्डल फेरबदलको सवालमा प्रकाशित र प्रशारित भ्रामक समाचारको खण्डन

काठमाडौं मंसिर  ३,   मुलुकको राजनैतिकवृतमा खुवै चर्चाको विषय बन्दै आएको  मन्त्रिपरिषद् पुनर्गठनको सवालमा सत्तारुढदल नेकपाका अध्यक्ष प्रचण्डको नाम जोडेर अनेकन प्रचार भइरहेको भन्दै सो सम्बन्धमा अध्यक्ष ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ । खण्डण अभिव्यक्तिमा सार्वजनिक भएका समाचारहरु अनर्गल र भ्रामक रहको भन्दै सचिवालयले यसरी प्रकाशित र प्रशारित समाचारको भत्सर्ना समेत गरेको छ ।

‘ त्यस्तै मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय रहेको बताउँदै पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी प्रकाशित र प्रशारीत समाचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दै प्रचण्ड सचिवालयले सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।