शुक्रबार, चैत्र १६, २०८०

मंगलवारसम्म बढी शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारवाही

काठमाडौ मंसिर ९,  सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलवारसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले मेडिकल कलेजले लिइएको बढी शुल्क फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो ।

यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । स्मरण रहोस सरकारले दिएको १५ दिनको समयसीमा मंगलवारबाट सकिँदैछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।