मङ्लबार, बैशाख ४, २०८१

भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) मा दुइ उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं कार्तिक २२, भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका विहिवार मनोनयन दर्ता गराएका दुई उम्म्ेदवारको उम्मेदवारी खारेज गरिएको छ । उम्मेदवारको उम्मेदवारी छानविन गर्ने क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था विपरित उम्मेदवारी दर्ता गराएको भेटिएसंगै उम्मेदवारी खारेज गरिएको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसरी उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईँ रहेको थाहा भएको छ । आयोगद्दारा प्रकाशित निर्वाचन कार्यक्रम तालीकाअनुसार आज उम्मेदवारविरुद्ध दाबी उजुरी दिने, शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031