शनिबार, बैशाख ८, २०८१

बस दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं कार्तिक १७ ,  संघीय संसदका प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले देउरालीबाट काठमाडौका आउँदै गरेको शैलुंगेश्वर यातायातको वा२ख ७२४५ नंको यात्रुवाहक बस अरनिको राजमार्गअन्तर्गत सुकुटेबिच नजिकै रहेको सुनकोशी नदीमा खस्दा भएको भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै यात्रुवहाक बस सुनकोशी नदीमा खस्दा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । प्राप्त पछिल्लो जानकारी अनुसार १३ जना यात्रुको ज्यान जानगरि भएको दुर्घटना आफैमा कहालीलाग्दो भएका बताउँदँनु भएको छ ।

त्यस्तै विज्ञप्तिमा सभापति देउवाले बस दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुको अलावा बेपत्ताको खोजी तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।