शुक्रबार, बैशाख ७, २०८१

बलात्कारका आरोपी महरा विरुद्ध थुनछेक बहस आइतवारबाट

काठमाडौ कार्तिक १५,  बलात्कार प्रकरणमा पक्राउ परेका निर्वतमान संघीय संसदका सभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणी मुद्धाको बयान सकिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको एक्ल इजलासमा आज विहानदेखिनै शुरु भएको बयान लिने कार्य अपरान्ह मात्र सकिएका कारण आइतबार बाट महराको मुद्दामा थुनछेक बहस शुरु हुने अदालत सम्वद्ध अधिकारीले जनाएको छ।

तत्कालीन सभामुख महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको गरेकोअभियोगमा उनलाइ प्रहरीले पक्राउ गर्दै आवश्यक विधि र प्रक्रियापछि सरकारी वकिलको कार्यालय, काठमाडौंले बिहीबार जबरजस्ती करणी मुद्दा दायर गरेको हो ।

त्यस्तै थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्नै सवालमा अदालतले फैसला गर्ने अदालत सम्वद्ध अधिकारीले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031