शुक्रबार, बैशाख १४, २०८१

  प्रहरी चौकीमा बम विस्फोट हुँदा  सेन्ट्रीमा रहेका प्रहरी जवान यादव घाइते , बम विस्फोट गराउँने चन्दनकुमार पक्राउ

 रौतहट कार्तिक २६, रौतहटमा एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । रौतहटको इशानाथ नगरपालिकामा रहेको प्रहरी चौकीमा अज्ञात समूहले बम विस्फोट गराएको हो

विस्फोटमा परी एक जना प्रहरी जवान घाइते भएका छन् भने प्रहरी चौकीको भवनमा सामान्य क्षति पुगेको छ । घाइते हुनेमा सेन्ट्रीमा रहेका प्रहरी जवान रन्जित कुमार यादव रहेको थाहा भएको छ ।

त्यस्तै बम विस्फोट गराएर भाग्ने क्रममा एक जना भारतीय नागरिक पक्राउ परेको उनले जानकारी दिए । पक्राउ पर्नेमा भारत ढाका घर बताउने २५ वर्षका चन्दनकुमार रहेका छन् । चन्दन कुमारले किन र कसको इशारामा विस्फोट गराइएको हो भन्ने बारेमा थप अनुसन्धान भइररहेको प्रहरी जनाएको छ ।