शुक्रबार, चैत्र १६, २०८०

 प्रधानमन्त्री ओली आफु नेतृत्वको मन्त्रिपरिषदका ७ सदस्यको वर्हिगमन गर्ने अन्तिम तयारीमा

सत्तारुढ दल नेकपाको प्रवास कमिटी गठन इञ्चार्जमा वृन्दा सहइञ्चार्जमा पन्त

काठमाडौ मंसिर २, सत्तारुढ दल नेकपाको आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै कमिटीको इञ्चार्जमा वृन्दा पाण्डेलाई त्यस्तै लाइ लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारीको दिएको  छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिदै प्रवासी नेपालीको बीचमा सम्बन्ध, सम्पर्क स्थापित गर्न, एकता र मेलमिलाको भाव प्रस्तुत गर्नुका साथै उनीहरुको हकहितको रक्षाका निम्ति कमिटीले आवश्यक महसुस गर्दै प्रवास कमिटी गठन गरिएको जानकाी दिनु भएको थियो ।

समाचार स्रोतका अनुसार प्रम ओली सूचना मन्त्री र भुमिसुधारमन्त्रीको कार्य सम्पादनले आफुलाइ पटकपटक विवादमा तान्दै गरेको पक्ष प्रति नकारात्मक रहेपनि यी दुइ मन्त्रालयलाइ सचेत गराउँने कि फेरबदलनै गर्ने भन्ने विषयमा भने अन्तिम निर्णयमा नपुगिसकेको बताएका छन ।

यसैवीच बैठकमा छलफल र नितिगत भएको अन्य विषयको जानकारी प्रवक्ता श्रेष्ठले नदिएपनि समाचार स्रोतबाट प्राप्त जानकारी अनुसार बैठकले प्रम केपी ओलीलाइ आफु नेतृत्वको मन्त्रिपरिषदमा हेरफेर गर्ने जिम्ेवारी समेत दिएको बुझिएको छ ।  यसअघिनै प्रम ओलीले मन्त्रीपरिषद सदस्यको कार्यसम्पादन तौरतरीका चित्त नबुझ्दो भएकै कारण मप हेरफेर गर्ने तयारी भइरहेको चर्चा चल्दै आएको थियो । त्यहि चर्चालाइ चर्चामा मात्र सिमित नराखी कार्यान्वयको चरणमा लैजाने अन्तिम तयारी समेत गरेको बुझिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खेलकुद मन्त्रालय , उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मन्त्रालय महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयको कार्य सम्पादन प्रति सन्तुष्ट नभएको र यी मन्त्रालयमा नयाँ अनुहारलाइ जिम्मेवारी दिने मानसिकता बनाएको थाहा भएको छ । समाचार स्रोतका अनुसार प्रम ओली सूचना मन्त्री र भुमिसुधारमन्त्रीको कार्य सम्पादनले आफुलाइ पटकपटक विवादमा तान्दै गरेको पक्ष प्रति नकारात्मक रहेपनि यी दुइ मन्त्रालयलाइ सचेत गराउँने कि फेरबदलनै गर्ने भन्ने विषयमा भने अन्तिम निर्णयमा नपुगिसकेको बताएका छन।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।