शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओलीको सघन कक्षमा उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर

पूर्व राजा शाहद्दारा स्वास्थ्यलाभको कामना

काठमाडौ मंसिर १०, प्रधानमन्त्री केपी ओलीको आज महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया पछि सघन कक्षमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको पछिल्लो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रधानन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उहाँलाइ चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा राख्नु परेका कारण थप उपचारका लागि केही दिन अस्पतालमै राखिने जानकारी दिदै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष  प्रचण्ड, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेको जानकारी दिनुभएको  छ ।

त्यस्तै अस्पतालको विज्ञप्तिमा सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको स्वास्थ्य अवस्थामा समस्या आई आज मिति २०७६।०८।१० गते मंगलबार बिहानदेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ। सम्माननीयज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल वहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ ’ भनिएको छ ।

यसैवीच एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सहयोगीमार्फत स्वास्थ्यलाभको सन्देश पठाउँदै  स्वास्थ्यलाभको कामना गर्नु भएको थाहा भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।