शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्रीद्वारा सिमा समस्याका सवालमा सर्वपक्षीय बैठक आह्वान

काठमाडौ कार्तिक २२,  नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले शनिवार सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार सर्वपक्षिय बैठकमा आमन्त्रित पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले विशेष छलफल सहित सिमा सस्याका सवालमा नितिगत निर्णय गर्ने तयारी गर्नु भएको बताइएको छ ।

भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहेको अवस्थामा प्रम ओलीबाट आव्हान गरिएको सर्वपक्षिय बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत सीमाबारे जानकारहरूको सहभागिता रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।