बिहिबार, चैत्र १५, २०८०

पूर्वराजा शाह आगामी हप्ता भैरवा भ्रमणमा जाने

काठमाडौं मंसिर ८,  पूर्वराजा ज्ञानेन्द्र शाह निजि भ्रमणको क्रममा आगामी हप्ता भैरवा भ्रमणमा जाने भएको छ । पूर्व राजा शाहका सहयोगी डा फणिराज पाठकद्दारा जारी सूचनामा उल्लेख भएअनुसार पूर्वराजाको प्रस्तुत भ्रमण नितान्त निजी रहेको उल्लेख गरिएको छ । त्यस्तै प्रस्तुत निजि भ्रमणको क्रममा पश्चिमस्थित धार्मिक मठमन्दिरमा पूजा अर्चना सहितको कार्यक्रम तय भएको थाहा भएको छ ।

यद्यपी भ्रमणको क्रममा भैरवामा उहाँले विेष व्यक्ति भेटघाट गर्ने कार्यक्रम परिस्थित अनुरुप बन्न सक्ने बुझिएको छ ।

पछिल्लो समय ठमेलस्थित नाइट क्लबमा ‘रातो र चन्द्र सूर्य’ गीतमा डान्स  गरेसंगै मुलुककको राजनैतिकवृतमा एक किसिमको तरङ्ग सिर्जना भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।