शनिबार, बैशाख ८, २०८१

पदको दुरुपयोग गरि १५ करोड अवैध आर्जन गर्ने सिमरा मालपोतका नासु गुप्ता विरुद्ध मुद्धा दायर

काठमााडैं मंसिर १०,  मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज मुद्धा दायर गरिएको छ ।

मालपोत कार्यालय मुस्ताङ्गबाट खरिदारको पदमा सेवा प्रवेश गरेका नायब सुब्बा गुप्ताले पदीय अधिकार दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउने क्रममा आर्जन गरेको सम्पतिको लेखाजोखा गर्ने क्रममा निजले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य व्यक्तिहरु समेतका नाममा दर्ता कायम रहने गरी घररजग्गारसवारी साधनरव्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गर्नुको अलावा कुल सम्पति  रु १९¸करोड ३६ लाख ¸६१हजार ¸१६९ रुपैया रहेको पाईएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कुल सम्पति मध्ये निजको वैध आय रु ४करोड ५४ लाख ७२हजार २४६ रुपैया बैध आर्जन रहेको बाँकी सम्पति रु १४ करोड ८१ लाख ८९ हजार २३ रुपैया कहाँ र कुन स्रोतबाट आर्जन गरेको भन्ने सवालमा स्रोत नखुलेको पाइएसंगै निज विरुद्ध अकुत सम्पति आर्जनको अभियोगमा आज मुद्धा दायर गरेका जनाएको छ । त्यस्तै आयोगले गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पु¥याउने निरजकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरेर गुप्ताले पेट्रोल पम्प, पसललगायतमा लगानी गरेको आयोगद्दारा दायर मुद्धामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।