शुक्रबार, बैशाख १४, २०८१

पत्रकार शर्माको निधन

काठमाडौ कार्तिक २८, नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारको क्रममा काठमाडौको अस्पतालमा निधन भएको छ ।

बोनम्यारोमा समस्या आएपछि चार महिना अगाडि अस्पताल भर्ना हुनुभएका २३ वर्षीय शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा आज निधन भएको हो । उहाँको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ ।

छ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत रहेका र शर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।