शुक्रबार, चैत्र १६, २०८०

पत्रकार लम्साललाइ दिईएको ज्यानमार्ने धम्कीको भत्सर्ना

काठमाडौं कार्तिक २४ , नेपाल पत्रकार महासंघले महासंघका केन्द्रीय सभासद् तथा योहो टेलिभिजनका समाचार प्रमुख शिव लम्साललाई टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर ब्लुक्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राजधानीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तजनले अस्पतालविरुद्ध आन्दोलन गरेको विषयमा समाचार प्रकाशन गरेकोमा अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले पत्रकार लम्साललाई टेलिफोनबाट ज्यानमार्ने धम्की दिएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे या गुनोस रहे त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु भनेको प्रेस स्वतन्त्रताविरोधी हर्कत भएको भन्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी यस्तो धम्कीको घोर निन्दा र भत्र्सना गरेको छ । साथै धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

त्यस्तै नेपाल प्रेस युनियनले पनि युनियका पूर्व महासचिव पत्रकार लम्साललाइ समाचार प्रशारण गरेकै कारण ज्यानमार्ने सम्मको धम्की दिएको घटनाको भत्सर्ना गर्दै समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदा हुँदै अस्पतालको जिम्मेवारीमा रहेका नीज श्रेष्ठ सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनुले उनको तथा अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको जनाएके छ ।’

त्यस्तै विज्ञप्तिमा धम्की दिने अस्पताललाई कारबाहीको माग गर्दै धम्की दिनेलाई तत्काल कारबाही नगरे युनियन आन्दोलन गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।