बिहिबार, चैत्र १५, २०८०

पत्रकार मञ्चले पत्रकार राहत कोष स्थापना गर्ने

काठमाडौं कार्तिक २३ , नेपाल पत्रकार मञ्चको काठमाडौंको जहरसिंहपौवामा सम्पन्न विस्तारित बैठकले पत्रकारको निम्ति राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।  बैठकमा पत्रकारहरुको निम्ति राहत कोषको व्यवस्थापन गर्न उदयनारायण भट्टराईको संयोजकत्वमा मञ्चको कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का तथा क्यानडा शाखाका अध्यक्ष श्रीकृष्ण फुँयाल सदस्य रहेको समिति गठन गरेको छ ।

यसैगरी सो बैठकले पत्रकार मञ्चको हालको सांगठानिक संरचनामा परिवर्तन गर्नको निम्ति विधान संशोधन गर्ने निर्णय समेत गरेको छ । १७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको वर्तमान संरचनामा एकजना वरिष्ठ उपाध्यक्ष र महिला सचिव रहने व्यवस्थासहित विधान संशोधन गरी आगामी अधिवेशनमा प्रस्तुत गर्ने निर्णय समेत गरेको छ ।

 नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र बृत्ति विकासका निम्ति मञ्चले स्थापना कालदेखि नै विभिन्न रचनात्मक गतिविधि आयोजना गर्दै आएको बताउनुभयो । उहाँले संस्थागत रुपमा समेत मञ्चले विभिन्न कार्यक्रम आयोजना गर्दै आएकोमा यसलाई निरन्तरता दिने बताउनुभयो ।

मञ्चका महासचिव विमलकुमार थापाले मञ्चले सम्पन्न गर्ने कार्यक्रम  स्वभाविक रुपमा पत्रकार लक्षित हुने भएकाले यसलाई अझ सिर्जनात्मक रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।  बैठकमा पत्रकारको क्षमता अभिबृद्धि गर्दै उनीहरुलाई विभिन्न खालका रचनात्मक गतिविधिमा समेत सक्रिय गराउन पत्रकार मञ्चका कार्यक्रम लक्षित हुनुपर्ने धारणा राख्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।