शुक्रबार, बैशाख ७, २०८१

नेपाली चेलीलाई सघाउन अनुष्काले यसो भनिन..

काठमाडौं मंसिर १२,  डिसेम्बर १४ मा बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा भाग लिनका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् ।  नजिकिदै गरेको कार्यक्रमको तयारीका लागि अहोरात्र लागिरहेकी अनुष्का यतिबेला मिस वर्ल्ड अन्तरगतकै विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहेकीछिन् । यसैक्रममा  नेपालको नाम विश्व समुदायमा थप उच्च मनाउँने मनसाय र लक्ष्य लिएर प्रतियोगितामा भाग लिईरहेकी अनुष्काले विश्वभर छरिएर रहेका नेपालीहरुमाझ सहयोगको अपिल गरेकी छिन् । प्रतियोगितामा उनलाई टप २० सम्म पुग्न मल्टीमीडिया अवार्ड जित्नु पर्ने हुन्छ जसको लागि पब्लिक भोटको आवश्यकता रहन्छ  ।

 साथै पछिल्लो केही समययता नेपालले लगातार जितिरहेको ब्युटी विथ पर्पज अनुष्काले जितिन् भने फाईनलको यात्रा तय गरेपनि  टप २० को यात्रा तय गर्नका लागि  मल्टीमीडिया अवार्ड जित्न आवश्यक रहनेभएकै कारण उनको फेसबुक एकाउन्ट लगायतलाई लाईक , शेयर गरेको खण्डमा यसको लागि सघाउ पुग्ने हाम्रा लण्डनस्थित प्रतिनिधीलाइ बताइन । साथै अनुष्काले मिस वर्ल्डको यात्रामा सहयोग गर्न आग्रह गर्दै भनेकी छिन् “तपाईकी चेलीलाई उपाधी जित्नका लागि सघाउनुस् है” भनिन ।    यसैवीच रहेका अनुष्काले आसन्न  नेपाल भ्रमण वर्ष २०२०को समेत  प्रचारप्रशार गर्दै गरेको  हाम्रा सहकमीेले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031