शुक्रबार, बैशाख ७, २०८१

नेपालस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई उपनिर्वाचनको पर्यवेक्षण गर्न आयोगको आग्रह

काठमाडौ मंसिर ५ , निर्वाचन आयोगले आगामी र्मसिर १४ गते प्रतिनिधिसभा सदस्य एक प्रदेशसभा सदस्य ३ र स्थानीय तह अन्र्तगत उपमहानगरपालिकाको प्रमुख १ गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ रतथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि हुने उपनिर्वाचनको तयारीबारे जानकारी गराउँदै आयोगले नेपालस्थित कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमसहितका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि र विकास साझेदारलाई उपनिर्वाचन अनुगमन तथा अवलोकनका लागि आह्वान गरेको छ ।

त्यस्तै आयोगले आसन्न उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, कम खर्चिलो र भयरहित हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउँदै कम खर्चिलो निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि आयोगले राष्ट्रिय नीति र एकीकृत निर्वाचन कानून प्रणालीसहित निर्वाचन नीति र कानूनको निर्माण, आधुनिक प्रविधिमा दलको नियमन तथा व्यवस्थापन एवं निर्वाचन प्रक्रियासँग सम्बन्धित सङ्घ संस्थासंगको साझेदारी र सहकार्यलाई समेटेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031