बिहिबार, बैशाख १३, २०८१

नियन्त्रित लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौ कार्तिक २७,  नागढुङ्गा प्रहरीले नियन्त्रित लागुऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र नुर्फिन ६५० एम्पुलसहित आज भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५३७६ नंको बसमा नागढुङ्गामा चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई–छिपाई ल्याउँदै गरेको अबस्थामा उक्त लागुऔषध सहित साहलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पक्राउ गरिएका साह सहित निजबाट बरामद गरीएको लागुऔषध उपर आवश्यक अनुसन्धान सहित कारवाही सुरु गरिएके प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।