बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपतिबाट नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

काठमाडौं मंसिर ५ , प्रधामानमन्त्री केपी ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केन्द्रीय सरकारको मौजूदा मन्त्रिपरिषदमा हेरफेर तथा कार्य विभाजन सहित नियुक्त गरिएको नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ गराउनु भएको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार बिहान साढे ११ बजे मन्त्रिपरिषद् सदस्यहरुलाइ राष्टपतिको कार्यालयमा आयोजित कार्यक्रमकावीच पद तथा गोपनियताको सपथ गराउँनु भएको हो ।

आज पद तथा गोपनियताको सपथ लिने मन्त्री र राज्यमन्त्री क्रमस सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्धी हृदयेश त्रिपाठी,कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव ,भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग, महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री पार्वत गुरुङ र मोतीलाल दुग उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री नवराज रावत स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री रामबिर मानन्धर सहरी विकास राज्यमन्त्री रहेका छन । त्यस्तै सपथ लगत्तै नव निुक्त मन्त्री र राज्यमन्त्रीहरुले आआफ्नो कार्यभार सम्हाल्ने भएका छन ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत उपस्थित रहेको थियो ।

यस्तो छ प्रधामानमन्त्री केपी ओलीले नेतृत्वको पछिल्लो मन्त्रीपरिषदको संरचना : 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।