शनिबार, बैशाख ८, २०८१

नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने ६ जना अभिुक्त पक्राउ

काठमाडौ मंसिर ११ , नेपाल प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने समूहका ६ जनालाई १८ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविबन्द घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सुमन काठमाडौंको बुद्धनगर, गोबिन्द सुविधानगर र अन्य युवा कालिमाटी बस्दै आएका थिए । उनीहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी गर्ने, ती व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं रुपैयाँ अपचलन गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरी का अनुसार अभियुक्तहरुले गोपालमान राजवाहकको हस्ताक्षर किर्तेगरी जनता बैंकमा रहेको खाताबाट पटक–पटक गरी १९ लाख ९० हजार रुपैयाँ निकालेको जानकारी दिदै निजहरुले खातावालहरुको सक्कली भिसा कार्डसमेत बनाएर प्रयोगमा ल्याएको देखिएकाले सम्बन्धित बैंकका कर्मचारीहरुको समेत मिलेमतो देखिएको   आशंका गर्दै  प्रहरीले सम्बन्धमा समेत   अनुसनधान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।