बिहिबार, चैत्र १५, २०८०

नक्कली सरकारी कागजात  बनाउँने तीन अभियुक्त प्रहरीको फन्दामा

काठमाडौ मंसिर १३, नक्कली सरकारी कागजात बनाउने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत बनाएको आरोपमा ओखलढुङ्गा ३४ वर्षीय सविनकुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अमृत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडीलाई पक्राउ गरेको छ ।

ब्यूरोले गैरकानूनीरूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गर्नेलाई पक्राउ गरेको जनाउँदै पक्राउ परेका अभियुक्तत्रय मध्ये तोलाङ्गीले श्रेष्ठ फोटोे स्टुडियो गोँगबु, सुर्खेतीले स्टार डिजिटल फोटो स्टुडियो सिनामङ्गल र दवाडीले दुवाडी डिजिटल फोटो स्टुडियो महाराजगञ्जबाट सरकारी नक्कली कागजात बनाएको अनुसन्धानमा खुलेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

त्यस्तै विज्ञप्तिमा अपराध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखतसम्बन्धी कसुरअन्तर्गत दफा २७६ विपरीत कसुर भएकाले २७६ (३) को ग बमोजिम सात वर्ष कैद र ७० हजार जरिवना हुने कानूनी प्रावधान छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।