बिहिबार, बैशाख ६, २०८१

दुई सल्लाहकारसहित ६ सदस्यको राजीनामा स्वीकृत,प्रम ओलीको नयाँ प्रेस सल्लाहकारमा थापा

काठमाडौ कार्तिक २९,  प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका दुई सल्लाहकारसहित ६ सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।

त्यस्तै आज राजीनामा स्वीकृत गरिएका प्रम सचिवालका प्रेस सल्लाहाकार डा. कुन्दन अर्याल जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रहेका छन ।
तर प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईको राजीनामा स्वीकृत नभएको बुझिएको छ ।

यसैवीच यसअघि प्रधानमन्त्रीको प्रेस सल्लाहकार रहेका डा कुन्दन अर्यालको राजीमाना स्वीृकृतिसंगै आफ्नो नयाँ प्रेस सल्लाहकारमा प्रम ओलीले नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापालाइ नियुक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।