मङ्लबार, बैशाख ११, २०८१

दरबारमर्ग सामूहिक बलात्कार घटनामा मुख्य अभियुक्त कार्कीलाई पाँच वर्ष कैद सजाय

काठमाडौं कार्तिक २७ , दरबारमर्गमा दुई वर्षअघि एकल महिलामाथि सामूहिक बलात्कार भएको ठहर अदालतले गरेको छ । उक्त घटनामा मुख्य अभियुक्त शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद सजाय सुनाइएको छ ।

पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला भएको छ । मतियारमा विकास गौतम र दीपक श्रेष्ठलाई जनही एक वर्ष दुई महिना कैद सजाय सुनाइएको छ । कार्की रामेछाप दुरा गाउँका हुन् भने गौतम काभ्रे चौरी देउराली र श्रेष्ठ सिन्धुपाल्चोक जेठलका उनीहरु काठमाडौंमा बस्दै आएका थिए ।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दोषीलाई कैद सजाय र पीडितलाई क्षतिपूर्ति हुने फैसला सुनाएको खवरका आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।