शनिबार, बैशाख ८, २०८१

 टोखा नगरपालिका इञ्जिनीयर पाठकसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ कार्तिक १८ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी र लेखापढी व्यवसायी जयराम तिमिल्सिना समेतको मिलेमतोमा घर निर्माण सम्पन्न प्रमाणपत्र बनाउने प्रयोजनका लागि रु ५ लाख रुपैया घुस लिएको अभियोगमा निजहरुविरुद्ध आज मुद्धा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै दायर मुद्धामा आयोगले निजहरुसंग बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।