बुधबार, बैशाख १२, २०८१

जर्जिया पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने राई पक्राउ

काठमाडौ कार्तिक २२, वैदेशिक रोजगारीको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु ८ लाख ५० हजार ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मोरङबाट पक्राउ गरेको जनाउँदै आज सार्वजनिक गरेको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जर्जियामा ‘क्लिनर्स’मा जागिर लगाइदिने र उक्त कम्पनीले मासिक रु ९० हजार तलब र खान बस्ने सुविधा दिने भनी प्रलोभनमा पारेर ठगी गरेकाले राईलाई पक्राउ गरिएको पक्राउ परेको अभियुक्त राइलाइ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अभियुक्त राइले राजन राईसँग रु ३ लाख ५० हजार र ईन्द्र लिम्बूबाट रु ५ लाख ठगी गरेको अनुसन्धानमा खुल्न आएको जनाउँदै महाशाखाले पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।