शुक्रबार, चैत्र १६, २०८०

छठपर्वको खरना विधी अन्र्तगत व्रतीले नैवेद्य चढाउँदै

काठमाडौ कार्तिक १५, सूर्य उपासनको एक विशेष पर्व छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन छठपर्वका ब्रतालुहरुले दिनभर उपवास बस्दै   साँझ नयाँ चुलोमा र सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् ।

नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ।

नैवद्य अर्पण पछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ । त्यस्तै छठपर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँ परम्परा रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।