शुक्रबार, चैत्र १६, २०८०

चिनिया टेलिभिजन सिरियल “पश्चिमतिरको यात्रा” नेपाली भाषामा प्रसारण हुने

अनुप प्रधान/काठमाडौं मंसिर ११,  ४ सयभन्दा पुरानो चिनिया उपन्यासमा आधारित टेलिभिजन सिरियल ‘पश्चिमतिरको यात्रा’ यसै हप्ताबाट तेस्रो पटक नेपाल मण्डलल र इन्डिजिनियस टेलिभिजनले पुन प्रसारण गर्ने भएको छ ।

सन् १९८६ मा चीनको केन्द्रीय टेलिभिजन सिसिटिभीले निर्माण गरेको २५ भागको उक्त सिरियल नेपाली भाषामा अनुवाद गरि प्रसारण गर्न लागिएको हो। अरनीको समाजले बुधबार राजधानीमा संस्कृतिविद् सत्यमोहन जोशीको उपस्थितीमf पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली भाषामा अनुवादित उक्त सिरियल प्रशारण हुने जानकारी दिएको हो ।

सिरियलको मुलत विषयवस्तु चिनिया प्रसिद्ध बौद्धभिक्षु हुएन् साङ् चीनबाट भारतको नालन्दा विश्वविद्यालयमा अध्ययन गर्न जाँदाको ऐतिहासिक पक्ष सहित भिक्षुको  चेलाका रुपमा रहेका बाँदर र सुँगुरको अभिनय जस्ता महत्वपूर्ण पक्ष समेटिएको समाजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।