शुक्रबार, बैशाख ७, २०८१

चितवनमा साँझ ६ बजेपछि चुनावी प्रचार गर्न नपाइने सर्वपक्षिय सहमति

काठमाडौं मंसिर ६,  आसन्न उपनिर्वाचनलाई सुरक्षित र भयरहित बनाउनका लागि भन्दै साँझ ६ बजेपछि प्रचारप्रसार गर्न नपाइने सर्वपक्षिय सहमति कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको आह्वानमा स्थानीय सवै दलका नेताहरुको उपस्थितीम बसेको सर्वपक्षीय बैठकले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रचारप्रसार गर्न दिने निर्णय सहित उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै पक्षबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै जिल्ला सुरक्षा समितिको प्रस्तुत निर्णयबाट भरतपुर महानगरपालिका वडा नं १६, खैरहनी नगरपालिका वडा नंं ४ र ५ मा वडाध्यक्ष पदको लागि हुने निर्वाचन र  उम्मेदवार, मतदानस्थल, मतदान सामग्रीको सुरक्षा एवं मतदाताको मताधिकार सुरक्षणका लागि आवश्यक पर्ने सबै किसिमका सुरक्षा व्यवस्था मिलाई भयरहित वातावरण निर्माण हुने विस्वास गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031