शनिबार, बैशाख ८, २०८१

गुठी विधेयक पुनः ल्याइने मन्त्री अर्यालको उद्घोष

काठमाडौं कार्तिक १७ , गुठी संस्थानको ५६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा वोल्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठियारको भावनालाई सम्बोधन हुने प्रकृती अनुसार गुठी विधेयक पुनः ल्याइने बताउँनु भएको छ । त्यस्तै उहाँले अव ल्याइने गुठी विधेयक विगतमा जस्तो नभइ समयसापक्ष विज्ञ, गुठियार, सरोकार पक्षलगायतका सुझाव सहित ल्याइने तयारी भएको समेत बताउँनु भएको छ ।

कार्यक्रममा वोल्ने क्रममा मन्त्री अर्यालले अहिले गुठीको नाममा व्यक्तिगत स्वार्थ पूर्ति गर्ने काम संगै जग्गाको समेत अतिक्रमण हुने क्रम रहेको जनाउ दिदै यसलाइ रोक्नकालागि पनि गुठी विधेयकको आवश्उयकता रहेको बताउँनु भएको छ ।

त्यस्तै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले संस्थानले आफेनो लक्ष्य अनुसार काम गर्न नसकेको बताउँनुको अलावा आफ्नो सम्पत्तिको समेत संरक्ष्ण गर्न नसकेको गुनासो गर्नु भएको उक्त कार्यक्रममा संस्थानका अध्यक्ष नारायण चौधरी वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नहुन्छ ।