शुक्रबार, बैशाख १४, २०८१

कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि हो : सभापति देउवा

कांग्रेसका सभापति देउवाले नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीवीच टेलिफोन संवाद , काँग्रेसका भातृसंगठन नेविसङ्घको विरोध प्रदर्शन

काठमाडौ कार्तिक २१,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विषयमा नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग आज टेलिफोन संवाद गर्दै नयाँ नक्साप्रति आफ्नो ध्यानाकर्षण जनाउ सहित सभापति देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएका छन् ।

त्यस्तै टेलिफोन संवादको क्रममा भारतीय राजदुत पुरीले सभापति देउवालाइ यस विषयमा आफुले भारतसरकारसंग कुरा गर्ने
बताउँदै नेपालको अविभाज्य भूमि लापानी र लिपुलेकको प्रसंगमा दुइ देशवीच संवाद सहमतिबाट विद्यमान समस्या समाधान गर्नप्रतिवद्ध रहेको बताउँनु भइको बुझिएको छ ।

ज्ञात रहोस ,भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विट मार्फत कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको थियो । कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे भन्दै कांग्रेसले कुनैपनि भूमि माथि हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य रहेको प्रष्ट पारेको थियो ।

यसैवीच काँग्रेसका भातृसंगठन नेविसङ्घले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै आज राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन । विरोध प्रदर्शनको क्रममा सङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेकोमा भन्दै विरोध सहित प्रस्तुत समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।