शुक्रबार, चैत्र १६, २०८०

कार्तिक २३ बाट दोस्रो मेयर कप टेबलटेनिस प्रतियोगिता

शरण डंगोल /ललितपुर कार्तिक १९, ललितपुर महानगरपालिका वडा नम्बर–१६को सहकार्यमा ललितपुर जिल्ला टेबलटेनिस संघ र इतिलने युथ क्लबले दोस्रो मेयर कप टेबलटेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

कात्तिक २३ देखि ३० गतेसम्म नागबहालमा आयोजना गरिने प्रतियोगितामा महानगरका २९ ओटै वडाका ४०० बढी खेलाडीले १२ प्रकारका ‘इभेन्ट’मा भाग लिने प्रतियोगिताका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक ललितपुरमनपा वडा न १६ ले जनाएको छ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पहिलो मेयर कप टेबलटेनिस प्रतियोगिता भने वडा नम्बर–११ ले आयोजना गरेको थियो । त्यस्तै प्रतियोगितको कुल लागत खर्च ८ लाख ५० हजार मध्ये २लाख वडा समिति बाट कार्यक्रम अनुदान त्यस्तै ललितपुर महानगरको बाट प्राप्त हुने उल्लेखनीय आर्थिक सहयोग संगै खेलाडि शुल्क समेत प्रयोग गरिने जानकारी दएको छ ।  साथै प्रतियोगिताका विजयी प्रतियोगी मध्ये प्रमथ दोस्रो र तेस्रो हुने खेलाडीलाइ क्रमस १०, ५ र ३ हजार नगद सहित कप प्रदान गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।