शुक्रबार, चैत्र १६, २०८०

काठमाडौ काँग्रेस क्षेत्र न. ८ ले लौहपुरुष स्व: सिंहको जन्मजयन्ती भव्य र सव्य रुपमा मनाउँने

काठमाडौं कार्तिक २१, काठमाडौं काँग्रेस क्षत्र न. ८ ले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा आगामी कार्तिक २४ गते बिहान कामपा वडा न १५ स्थित शोभाभगवतीमा रहेको उहाँको शालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्यस्तै क्षेत्रीय सभापति राजेश श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले प्रजातन्त्रका पिता एवम लौह पुरुष स्व सिंहले देखाउँनु भएको पदचापको अवलम्बन गर्नुको विकल्प नभएको बताउँदै उहाँके जन्मजयन्तीका अवसरमा काष्ठमण्डप परिसरमा रहेको गगुटीमा मध्यान्ह दिप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने जानकारी दिनु भएको छ ।

साथै उहाँले त्यसै दिन काठमाडौं काँग्रेस जिल्ला कार्यसमितिद्दारा ज्ञानेश्वरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन् समेत पार्टीको सवै भातृ तथा शुभेच्छुक संगठनका पदाधिकारी , क्रियाशील सदस्य लगायतका सवैमा अनुरोध गर्दै स्व सिंहको १०५ औ जनमजयन्ती भव्यर सव्य रुपमा मनाउँन आग्रह समेत गर्नु भएको छ ।

बैठकमा क्षेत्र न ८ अन्र्तगत क र ख प्रदेशका सभापतिद्दय राज्यलक्ष्मी श्रेष्ठ , देवरत्न डंगोल त्यस्तैगरि काँग्रेस वडा न. १९ र २० ईकाइ समितिका सभापतिद्दय शशिलाल श्रेष्ठ, राजेन्द्र मानन्धर लगायत क्षेत्रीय समितकिा पदाधिकारीको उपस्थिती रहेको बैठकमा स्व: सिंहले मुलकमा प्रजातन्त्र पुर्नस्थापनाको लागि खेल्नु भएको भूमिकाको  विवेचना समेत गरिएको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।