शुक्रबार, बैशाख १४, २०८१

कन्सोटियम – नेपालको अध्यक्षमा थापा

काठमाडौं मंसिर ८,  बालसहभागितामा कार्यरत सस्थाको साझा समुह कन्सोटियम- नेपालको २० औ साधारणसभाले युवा बाल अधिकारकर्मी किरण थापालाइ अध्यक्षमा चयन गरेको छ।  यसैगरी उपाध्यक्षमा मोहन दङ्गाल महासचिवमा सन्तोष महर्जन सचिबमा प्रदीप कुमार लामिछाने कोषाध्याक्षमा देबि रेग्मी चयन भएका छ्न। यसैगरी सदस्य हरुमा बृजमोहन कुशबाह,उषा बिक,अनिता पाण्डे ,गङ्गा गुरुङ ,प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन।

त्यस्तै प्रदेश न १ मा स्वास्तिका पोख्रेल २ मा कोपिला कुमारी तिमल्सिना ३ मा प्रकाश बासी गण्डकी प्रदेशमा दिपक शर्मा ५ मा बद्री प्रसाद सुबेदी कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुर पश्चिम् प्रदेशमा जयबहादुर बिश्वकर्मा लाइ चयन गरेको छ।

कार्यक्रममा वरिष्ठ बाल अधिकारकर्मी गौरी प्रधान र डा किरण रुपाखेतीले नेपालमा बाल अधिकार को ३० बर्षे विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।